१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गोरुसिङ्गे-सन्धिखर्क सडकमा पहिरो खस्यो, आवागमन ठप्प



विष्णु कुमार आले, अर्घाखाँची ।
तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो ।

सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् ‌।​

बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भैरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ८ : ४३ बजे