मायादेवी अनलाइन, चार नम्बर ।
बुधबार दिउँसो कपिलवस्तुको कोइली खोलाले बगाएका वेपत्ताहरुलाई खोज्नको लागि आज (विहिबार) विहानैबाट सुरक्षाकर्मीको टोली परिचालित भएको छ । हिजो दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म खोजी भए पनि वेपत्ता भएका २ जनाको शव नभेटिएपछि आज विहानै ५ बजेबाट खोजी कार्य सुरु भएको हो ।
खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह हिजोको भन्दा उच्च भएकाले थप समस्या भएको घटनास्थलबाट सशष्त्र प्रहरी वल पिपराका इन्स्पेक्टर चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समयसंबादसंग विहान कुरा कानी गर्दै उहाँले विहानैबाट बाक्लो संख्यामा तीन सुरक्षा निकायको उद्धार टोली परिचालित भएको बताउनु भयो ।
दुर्घटना भए पश्चात निरन्तर उद्धारमा खटिएका तीनै तहका सुरक्षाकर्मीको अथक प्रयासले जीप चालक माधव प्रसाद पाण्डेको मृत अवस्थामा शव भेटिएको थियो भने साँझ जिपलाई पनि खोलाबाट निकालिएको थियो । ६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् । यसरी हाम फालेर बाँच्न सफल मध्ये विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुनुहुन्छ ।
अझै विद्यूत फ्यूज शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता हुनुहुन्छ । उहाँहरु वेपत्ता भएको खबरले परिवारमा रुवाबासी भएको छ । इन्स्पेक्टर ढकालले धैर्यता नगुमाउन आग्रह गर्दै जसरी पनि उहाँहरुलाई फेला पारिने प्रतिवद्धता जनाउनु भयो ।
सुन्नुहोस रेडियो कार्यक्रम
प्रतिक्रिया