१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आईपीएलः कोलकत्ताको खराब सुरुवात, रोहित चम्कदा मुम्बईको पहिलो जित



एजेन्सी ।
साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए ।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २/२ विकेट लिए । किरोन पोलार्डले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । उनले आईपीएलमा २०० सय छक्काको कोशेढुंगा समेत पुरा गरे । यस्तै सूर्यकुमार यादबले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए ।

हार्दिक पाण्डयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १र१ विकेट लिए ।

जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकत्ताले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  १२ : ०५ बजे