१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मुम्बईले कोलकत्तालाई दियो १९६ रनको लक्ष्य, रोहितको ८० रनको पारी



एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनायो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । उनले आईपीएलमा २०० सय छक्काको कोशेढुंगा समेत पुरा गरे ।

यस्तै सूर्यकुमार यादबले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए ।हार्दिक पाण्डयले १८ रन जोडे ।

कोलकत्ताका शिवम माभीले २ विकेट लिए । सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट लिए ।आज मुम्बई पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।

पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो ।पहिलो खेल खेलिरहेको कोलकत्ता पनि सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ९ : ५९ बजे