१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भलवाड अपडेटः विद्युत प्राधिकरणको जीप भेटियो, दुई जनाको शव अझै भेटिएन्



मायादेवी अनलाइन, चार नम्बर ।
बुधबार दिउँसो कपिलवस्तुको कोइली खोलाले बगाएको जीप भेटिएको छ । दुर्घटना भए पश्चात निरन्तर उद्धारमा खटिएका तीनै तहका सुरक्षाकर्मीको अथक प्रयासले जीपलाई खोलाबाट बाहिर निकालिएको हो । दुर्घटना वाणगंगा वडा नं. ७ र ९ को सीमामा पर्ने कोइली खोलामा भएको हो ।

एक्साभेटरको प्रयोगले जीपलाई खोलाबाट बाहिर निकालिएको घटनास्थलमा रहनुभएका हाम्रा सहकर्मी चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो ।

यद्यपि जीपसंगै खोलामा हराईरहेका दुई जनाको शव अझै फेला पार्न सकिएको छैन् । खोला बढीरहेको र रात परेकाले हराइएका दुई जनाको शव निकाल्न नसकिएको हो । जीप चालक माधव प्रसाद पाण्डेको भने साँझमात्र मृत अवस्थामा शव भेटिएको थियो ।

यो पनि पढ्नुहोस कपिलवस्तुको कोइली खोलाले विद्युत प्राधिकरणको जीप बगायो, १ जनाको शव फेला, २ वेपत्ता

अझै प्राधिकरणका गजेहडा शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री खोलामा हराईरहनुभएको छ ।

यो पनि भलवाडको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरणको जीप र मोटरसाइकल बगायो

थप भिडिओमा हेर्नुहोस्

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ७ : ४४ बजे