काठमाडौं ।
चीनले नेपालसँग जोडिएको सीमामा कुनै पनि विवाद नरहेको जनाएको छ । हुम्लामा रहेको नेपाली भूभागमा चीनले घरहरु निर्माण गरेको भन्ने समाचार आएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ्ग सियालोङ्गले चीनले नेपालको भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताएका हुन् ।
समाचारमा भएका घरहरु चीनतर्फका भू–भागमा पर्ने बताँएदै प्रवक्ता वाङ्गले नेपाली पक्षद्वारा उक्त क्षेत्रको पुनःअवलोकन र प्रमाणीकरण गर्न चिनियाँ सरकार तयार रहेको बताएका छन् ।
नेपाल र चीनबीच सीमाका विषयलाई लिएर कुनै विवाद नरहेको जानकारी दिँदै प्रवक्ता वाङ्गले सीमा व्यवस्थापनमा दुई देश निरन्तर सम्पर्कमा रहेको पनि उल्लेख गरेका छन् । नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ।
प्रतिक्रिया