मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुसहित देशका अधिकांश स्थानमा गएराति देखि नै वर्षा सुरु भएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्युन चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दै गरेको र यसैको प्रभावस्वरुप नेपालका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया