कपिलवस्तु ।
किशोरीलाई बलात्कार गरी फरार भएका शिक्षक ४ महिनापछि पक्राउ परेका छन्। महराजगंज नगरपालिका स्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले महाराजगञ्ज नगरपालिका–२ उनवलियाकी १५ वर्षीया कशोरीलाई जवरजस्तीकरणी गरी फरार भएका थिए।
गत जेठ १२ गते चिनजान रहेको शिक्षकले राति काम छ भनी बोलाएर करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ। लुकीछिपी बस्दै आएका लोहारलाई आइतबार पक्राउ गरीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। लामो समयको खोज तलास पश्चात् लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरी उनले बताए।
किशोरीलाई जवरजस्ती तानेर घरको पछाडि पु¥याई जवरजस्ती गरेको आरोप छ। राति परिवारले बालिकालाई बेहोश आवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थिए। पीडीत बालिकाका परिवारले शिक्षकविरुद्ध किटानी जाहेरी समेत दिएका थिए। करणीको मुद्दालाई मिलाउन पीडक पक्षले पीडित बालिकाको परिवारलाई प्रलोभन दिएको र मिल्नका लागि दवाब समेत दिने गरेको गाउँलेहरु बताउँछन्। लेनदेन गरी घटना मिलाउन पीडक पक्ष लागेका छन्।
प्रतिक्रिया