१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

डा. केसीको जीवन रक्षा गर्न सरकारसँग माग



काठमाडौँ ।

चिकित्सा क्षेत्रको सुधारसँगै दुर्गममा गुणस्तरीय मेडिकल शिक्षाको माग गर्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारसँग माग गरिएको छ।

मंगलबार स्वास्थ्य राज्यमन्त्री नवराज रावललाई ज्ञापन पत्र बुझाउँदै ‘हाम्रो नेपाल, हामी नेपाली’ ले डा. केसीका मागहरु विपन्न तथा दुर्गमका जनताका न्यूनतम आवश्यकता भएकाले पनि सरकार यसतर्फ गम्भीर बन्दै केसीको जीवन रक्षा गर्न माग गरेको हो।

अभियानका संयोजक ज्ञानेन्द्रबहादुर शाहीद्वारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा डा. केसीको स्वास्थ्य अवस्था र उनका मागबारे बेवास्ता नगर्न सरकारलाई आग्रह गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ,‘यदि सरकारले निमुखा जनताका पक्षमा राखिएका माग र सत्याग्रही डा. केसीको जीवनरक्षामा खेलवाड गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा सरकार आफैले लिने छ।’ यस्तै ज्ञापनपत्रमार्फत नर्सहरुले राखेका मागहरु अविलम्ब पूरा गर्न पनि सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  १ : ४३ बजे