१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एकै दिन बाँकेमा ५२ संक्रमित थपिए



नेपालगन्ज ।

पछिल्लो २४ घण्टामा बाँकेमा परीक्षण गरिएको पीसीआर परीक्षणबाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट ४३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ८ जना र बागेश्वरी पीसीआर ल्याबबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोना पुष्टि भएकाहरुमा सबै भन्दा बढी नेपालगन्ज उपमहानगरका रहेका छन् । नेपालगन्जका ३७ जनामा संक्रमण पुष्टि भएको छ भने कोहलपुरका २ जना, बैजनाथ का २ जना, राप्तीरोनारीका र खजुराको १.१ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार थपिएसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६५१ जना पुगेको छ । सोमबार डिस्चार्ज भएर ६ जना घर फर्केपछि बाँकेमा सोमबार सम्ममा १२५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा ११ जनाको कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ४ : ४२ बजे