१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तीन दिनदेखि हराएका विष्णु नेपाल अझै भेटिएनन्



बुटवल ।
कालिका माध्यमिक विद्यालय बुटवलका पूर्व प्रधानाध्यापक छवि नेपालको मृत्यु भएको छ। सुगर र उच्च रक्तचापको समस्या रहेका बुटवल १ का बासिन्दा नेपालको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो। कालिका माध्यमिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनी पछिल्लो समय बुटवल उपमहानगरपालिकाको शिक्षा समितिका लागि काम गरिरहेका थिए ।

उनकै भाई मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब विष्णुप्रसाद नेपाल बिहिबारदेखि बेपत्ता छन् । परिवारले खोजी गरी दिन प्रहरीमा उजुरी दिएको र उनको खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

नेपालको मोटरसाइकल भने प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको थियो । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले शनिबार नहरको पानी बन्द गरेर दिनभर खोजी गरेपनि उनी भेटिएनन् ।

नेपाल गत बिहीबार राती बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घर नफर्केपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । शुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । लुम्बिनीटाइम्सबाट

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ७ : २७ बजे