१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज विश्व शान्ति तथा अल्जाइमर दिवस मनाइँदै, मस्तिष्कमा लाग्ने अल्जाइमर के हो ?



काठमाण्डौँ ।
आज विश्व शान्ति दिवस । विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरे अनुसार विश्वका बिभिन्न देशले यो दिवस मनाउन थालेका हुन् ।
१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।

बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलाई नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । अहिले विश्व असान्त अवस्थामा छ । अझ यसपटक त कोरोनाले गर्दा विश्व भर नै भोक मरी र बिभिन्न रोगले थप असान्त मच्चिएको छ ।

विश्व अल्जाईमर दिवस

यसैबीच आज नै विश्व अल्जाईमर दिवस पनि मनाइँदै छ । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातकालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन अनि पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निमत्याउँदछ ।

यसका कारक तत्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरुमा हाइपरटेन्सन, टाउकोमा गहिरो चोटहरु र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणहरुले पनि अल्जाईमरको जोखिम बढाँउदछ ।

एकफेर अल्जाईमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रुपमा दीर्घकालिन फर्काई असम्भव प्राय हुन्छ, अल्जाईमर रोग बिरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाईमरबाट हामी जोगिन सक्छौं । बुढेसकालमा मात्र अल्जाईमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौं भनें त्यो पूर्णतः सत्य नहुन सक्दछ ।

फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरु हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउँन सक्दछ । सन् २०१५ को अध्यन अनुसार विश्वभरि करिब ३ करोड अल्जाईमरका रोगीहरु रहेका छन्, अहिले २ वर्षको अन्तरालमा यसको संख्या झन बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाईमर दिवस यस्तै कुराहरुमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ६ : ०९ बजे