दाङ ।
मिहेनत गरे आफ्नै ठाउँमा सजिलै आम्दानी गर्न सकिन्छ, सफलताको स्वाद चाख्न भौंतारिंदै परदेशिनु पर्दैन । दाङका एकजना युवा त्यसैको उदाहरण बन्नुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका, ७ राजपुरका टोपबहादुर बुढाथोकीले व्यवसायीक रुपमा बङ्गुर पालन गर्दै आउनुभएको छ । बबई बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी पालन फार्म स्थापना गरी बङ्गुर पाल्न थालेपछि आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । उहाँले असार महिनामा मात्रै बङ्गुरको पाठा र मासु बिक्री गरेर तीन लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ ।
समाजशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीको दैनिकी बङ्गुरको रेखदेखमा बितिरहेको छ । ३८ वर्षका बुढाथोकीले २ वर्षअघि ८ लाख रपैयाँ लगानी गरेर २७ वटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएको हो ।
अहिले फार्ममा लगानी १३ लाख रुपैयाँ पुगेको छ । इच्छाशक्ती र मिहेनत भए सफलताका लागि विदेशिनु नपर्ने र अरुसँग काम माग्नु नपर्ने बुढाथोकीको भनाइ छ ।
प्रतिक्रिया