१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

त्रिशूलीमा पेट्रोल ट्याङ्कर दुर्घटनाः चालक र सह-चालक सम्पर्कमा



धादिङ ।
त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सह-चालक सम्पर्कमा आएका छन् । बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो ।

ट्याङ्करका चालक र सह-चालक भने भेटिएका थिएनन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ का ३२ वर्षका सुदीप बोहरा र सह-चालक मनिष नगरकोटी सम्पर्कमा आएका हुन् ।

त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  १२ : ५४ बजे