१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेता अधिकारी भन्छन्ः संविधानको सफल कार्यान्वयन अहिलेको आवश्यकता



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा नेता तथा संविधान सभा सदस्य बलराम अधिकारीले लामो समयको संघर्ष र बलिदानी स्वरुप नेपालमा बिश्वकै उत्कृष्ट संविधान बनेको बताउनुभएको छ ।

संविधान निर्माणको फलस्वरूप देशमा गणतन्त्र स्थापना भइ देश संघीय संरचनामा गएको भन्दै अब सफल कार्यान्वयन तर्फ सबै लाग्नुपर्नेमा नेता अधिकारीले जोड दिनुभयो ।

छैठौं संविधान दिवसको अवसरमा लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा बाणगंगा नगरपालिका वडा नं ६ लक्ष्मणघाटमा शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानले धेरै कुरा दिएको भन्दै जनताको आवश्यकता अनुसार संशोधन हुदै जाने बताउनुभयो । सरकार संविधान कार्यान्वयनमा लागेको भन्दै यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा उहाँले जोडदिनुभयो ।

वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुले संविधानले प्रदत्त गरेका अधिकारको सफल कार्यन्वयन अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालको नक्सा र झण्डा कोरी संविधानको सफल कार्यन्वयनको कामनासहित दीप प्रज्वलन गरिएको थियो ।

सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तु सदस्य तथा कलाकार दिनेश रन्जनले देशभक्ती पूर्ण गीत प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष रन बहादुर काउचाको अध्यक्षता र सचिव थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा सामुदायिक बन उपभोत्ता महासङ्ग जिल्ला अध्यक्ष हुमनाथ भट्टराई, नेकपा वडा सचिव माधव खनाल, समाजेवी लेष बहादुर केसी, ठाकुर पोख्रेल, खडक बहादुर थापा, अभिराम न्यौपाले लगायतको उपस्थिति रहेको संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ८ : ४८ बजे