१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विश्व एथलेटिक्स महासंघका पूर्वप्रमुख जेल चलान



काठमाडौं ।
विश्व एथ्लेटिक्स महासंघका पूर्वप्रमुख लामिने डिएकलाई दुई वर्षको जेल सजाय भएको छ । ८७ वर्षीय सेनेगली डिएकले रसियन डोपिङ स्क्यान्डलसँग जोडिएको भ्रष्टाचार र मनी लाउन्डरिङ प्रमाणित भएपछि २ वर्ष जेल सजाय र ५ लाख पाउण्ड जरीवाना तोकिएको छ।

डिएकमाथि डोपिङ टेष्ट गरेका खेलाडीहरुको डोपिङ नतिजा ढाक्न खेलाडीबाट घुस लिने गरेको आरोप लागेको थियो । यस्तै, २०१२ लन्डन ओलम्पिकसहित अन्य प्रतियोगितामा ती खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न दिइएको थियो ।

न्यायाधीशले उनका कार्यहरूले एथलेटिक्सको मूल्य र डोपिङविरूद्ध लडाइँलाई हानी पुर्‍याएको जनाएका छन् ।

उनी नोभेम्बर २०१५ देखि पेरिसमा नजरबन्दमा थिए ।

उनलाई चार वर्ष जेल सजाय सुनाइएको थियो । तीमध्ये दुई वर्ष निलम्बित थिए । डिएकका वकिलहरूले भने त्यो फैसलाविरूद्ध अपिल हुने बताएका छन् ।

डिएकलाई ५ लाख युरोसम्मको जरिवाना पनि लगाइएको छ । फ्रान्सेली अधिकारीहरूले चार वर्षको अनुसन्धानले डिएकले आफूले गरेको गल्तीलाई ढाकछोप गर्नका लागि ३ मिलियनभन्दा बढी युरो समेत दिएको जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ७ : ४८ बजे