एजेन्सी ।
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ ले पराजित भएको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरी एक गोल खाएको हो । सातौँ मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गरी क्रिष्टल प्यालेसलाई सुरुवाति अग्रता दिलाए ।
७४ औँ मिनेटमा पाएको पेनाल्टीमा विल्फ्रेड जाहाले गोल गरेपछि क्रिष्टल प्यालेसको अग्रता दोब्बर भयो । युनाइटेडका लागि ८० औँ मिनेटमा डोनी भान डी बीकले एक गोल फर्काए ।
८५ औँ मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो । लगातार दुई खेलमा जित निकालेको प्यालेसको ६ अंक भएको छ ।
प्रतिक्रिया