मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुमा नेपाल राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु गठन भएको छ । जिल्लाको गोरुसिंगेमा शनिबार भएको एक कार्यक्रमका बीच सञ्चारकर्मी कृष्ण हरिजनको अध्यक्षमा जिल्ला समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा कल्याणी खनेल, कोषाध्यक्षमा राम शरण कोरी, सचिवमा विक्रम विश्वकर्मा, सह–सचिवमा भुवेन्द्र सुनार रहनुभएको छ ।
यस्तै सदस्यहरुमा धनी राम कोरी, राज कुमार चमार, शम्भु वि.क र राम बहादुर गन्धर्व रहनुभएको छ । रामदेव पासीको संयोजकत्वमा उजेली बिश्वकर्मा र रामप्रकट कोरीलाई सल्लाहकार समिति गठन गरिएको छ ।
प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा भएको जिल्ला समिति गठन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित माथि घटी रहेका घटना र दलित माथि भइरहेको हिंसाको मुद्धा उठानका लागि समिति गठन गरिएको बताउनुभयो । नवनिर्वाचित समितिलाई अध्यक्ष पहाडीले सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य सोना खटिक, प्रदेश सल्लाहकार सन्जिव गहतराज, दलित अधिकारकर्मी मिना परियार लगायतको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया