१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पाल्पा र बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु



रुपन्देही ।
कोरोना भाइरस संक्रमणका कारण पाल्पा र बुटवलमा २ जना संक्रमितको मृत्यु भएको छ । पाल्पा तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो। उनको शुक्रबार बेलुकी स्वाबको नतिजा पोजिटिभ आएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए।


स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणबाट यसअघि पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ। पूर्वखोला गाउ‘पालिका, सिलुवाका ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका, पिपलडॉडाकी ३० वर्षीय महिला र तानसेन नगरपालिका, टिन्टीऑपका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको छ।


यस्तै बुटवल उपमहानगरपालिका १० का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार २२ भदौमा कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका ती पुरुषको आज बिहान एक बजे मृत्यु भएको हो। ती पुरुषमा ज्वरो, श्वासप्रस्वासमा समस्याका साथै निमोनिया रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  १२ : ४९ बजे