काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्। संविधान तथा राष्ट्रिय दिवसका अवसारमा टुँडिखेलमा भएको विशेष कार्यक्रममार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भ्रष्टाचार हुन नदिने र नसहने बताएका हुन् ।
उनले भ्रष्टाचार गर्न निदने र भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ पनि उनले बताएका छन् । भ्रष्टाचार विरुद्ध आफ्नो सरकारको प्रतिवद्धता स्पष्ट रहेको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीका कारण सरकारले प्रतिबद्धता अनुसार विकासका काम गर्न नसके पनि अर्थतन्त्र सकारात्मक नै रहेको बताएका छन् ।
उनले कोभिड–१९ को महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्र नरात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताएका हुन् । संकटको अवस्थामा पनि विदेशी दातृ निकायको सहयोग प्राप्त हुने क्रम बढेको पनि उनले बताएका छन् ।
महामारीको अवस्था नभएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिवद्धता अनुसारका विकासका काम भइ सक्ने भन्दै उनले रोकिएको विकास वा सुस्त भएको विकास गतिको दोष कोरोना महामारीलाई दिएका छन् ।
महामारी नियन्त्रणको प्रयासमा सरकारी प्रयास राम्रो रहेको दाबी पनि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत गरेका छन् । सुरुमा विश्व समुदाय नै अलमलमा परेको र वैज्ञानिकहरु पनि यकिन भन्न सक्ने अवस्थामा नरहेको कुरा उल्लेख गर्दै उनले अहिले परीक्षणको दायरा फराकिलो बनाएको, आइसीयूको संख्या बढाएको तथा स्वास्थ्य सामग्री आवश्यक मात्रामा उपलब्ध गराएको बताए ।
उनले लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितको क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसबाट सार्वभौमसत्ताको सुरक्षाका लागि आफ्नो सरकारको प्रतिवद्धतालाई कार्यमा देखाएको बताए । उनले सो कार्यका लागि सांसदहरुलाई पनि बधाई दिए ।
लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि प्रतिवघ रहेको बताएका उनले सञ्चारमाध्यमले तथ्य परक समाचार दिएर परिवर्तनको यात्रामा व्यवासयिकता प्रदर्शन गर्न आग्रह गरे । आलोचकहरुले आलोचनाका लागि मात्रै आलोचना गर्ने गरेको आरोप पनि उनले लगाएका छन्।
प्रतिक्रिया