१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कपिलवस्तु नगरपालिकामा ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालन



कपिलवस्तु ।

स्वास्थ्य सेवाको पहुँच बढाउन कपिलवस्तु नगरपालिकामा पाँच वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र १० मा एक एक वटा सेवा केन्द्र संचालनमा ल्याईएको हो ।

हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारी नीति अनुसार ती वडामा केन्द्र स्थापना गरिएको छ । यसैबीच कपिलवस्तु नगरपालिका वडा नम्बर १ को भवानी भिक्षु चोक टोलमा स्थापना गरिएको केन्द्रको नगर प्रमुख किरण सिंहले रिबन काटेर सेवा शुभारम्भ गरे ।

सो अवसरमा उनले स्वास्थ्य सेवाको पहुँच बढाउन केन्द्र स्थापना गरिएको बताए । स्वास्थ्य सेवालाई नगरपालिकाले प्राथमिकतामा राखेको र स्वास्थ्य केन्द्रलाई क्रमशः स्त्तोरन्नती गर्दै लगीने उनले बताए ।

यसअघि नगरपालिकाका बाकी ८ वटा वडामा भने स्वास्थ्य चौकी संचालनमा छन । प्रत्येक स्वास्थ्य केन्द्रलाई संचालन गर्न सरकारले बार्षिक ५ लाख रुपैयका दरले अनुदान दिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।

प्रत्येक केन्द्रमा एक जना अहेब, एक जना अनमि र एक जना कार्यालय सहयोगी नियुक्त गरिएका छन । केन्द्रमा खोप, पोषण, परिवानियोजन, बिरामी जाच लगाययका सेवा उपलब्ध हुने छन ।

केन्द्र संचालनका लागि सग संघीय सरकारले उपलब्ध गराएको रकम अपुग भएकाले थप रकमकालागि आग्रह गरिएको संयोजक गुप्ताले बताए ।

वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलले आफनो वडामा स्थापना भएको पहिलो सरकारी स्वास्थ्य केन्द्रको स्तर बढाउन कुनै कसर नछोडिने उनले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  ५ : ३४ बजे