१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बुटवलमा एकैदिन ४२ जना संक्रमित थपिए



बुटवल ।

बिहिबार अलि सुस्ताएको बुटवलको कोरोनाको कहरले शुक्रबार फरि उग्र रुप लिएको छ । उपमहानगरमा मात्र शुक्रबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलको ९, ११ र १३ नम्बर वार्डमा ५-५ जना नयाँ संक्रमित थपिएका छन् भने वार्ड नम्बर ३,४ र १२ मा ४-४ जना, वार्ड नम्बर ८ मा ३ जना, वार्ड नम्बर १, ६ र ७ मा २-२ जना, वार्ड नम्बर २ मा १ जना तथा वार्ड नखुलेका ५ जनामा शुक्रबार कोरोना पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले बताए ।

सिंहका अनुसार बुटवलमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ भने ३७२ जनाले कोरोना जीतेर घर फर्केका छन् । बुटवलमा ७ जनाको मृत्यु भएको छ र ३१४ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  ४ : ५७ बजे