१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बाँकेमा २१ प्रहरीसहित ६० जना संक्रमणमुक्त



बाँके ।

शुक्रबार बाँकेबाट २१ प्रहरीसहित ६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २१ जना प्रहरीसहित शुक्रबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका १९ महिला र ४१ पुरुष गरी ६० जना रहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ ।
आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जनासमेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ४६ रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  ३ : १० बजे