मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार शुक्रबार थप ५ जना संक्रमित थपिएका हुन् । आज वाणगंगा नगरपालिकामा ४ र कपिलवस्तु नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो ।
वाणगंगा नगरपालिका वडा नम्बर ४ का एकजना एनजिओकर्मी, वडा नम्बर ६ का ३ जना र कपिलवस्तु नगरपालिका १ का एक जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका सबै पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ४६ पुगेको छ ।
प्रतिक्रिया