काठमाडौं ।
नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ को घुमाउने, १८ किलो र सत्र किलोमा पहिरो खसेपछि दुईतर्फी नै गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । १८ किलो र सत्र किलोमा खसेको पहिरो हटाए पनि घुमाउनेमा खसेको पहिरो हटाउन सकिएको छैन ।
अहिले पनि पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीको अनुमान छ । सडक अवरुद्ध भएपछि धेरै गाडी बाटोमै रोकिएका प्रहरीले जानकारी दिएको छ ।
६ महिनाको लकडाउन र निषेधाज्ञा सकिएपछि हिजोदेखि लामो दूरीको गाडी चल्न थालेका छन् । तर सडक अवरुद्ध भएपछि गाडी बाटोमै रोकिएका हुन् ।
प्रतिक्रिया