१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

आलु, प्याज लुकाएर महँगोमा बेच्ने व्यापारीलाई तिराइयो नौ लाख ६५ हजार जरिबाना



काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । आलु, प्याजमा कालोबजारी गर्ने उलक सब्जी भण्डार, दुलाल आलु भण्डार, रञ्जन आलु प्याज भण्डार, बिजेश गौतम, सापकोटा स्टोर्स र आरके ट्रेडर्सलाई बढी मूल्य लिएको, आलु र प्याज लुकाएको जस्ता कसुरमा जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागले माता सरस्वती खानेपानी प्रालीलाई दुई लाख ५० हजार जरिबाना तिराएको छ । साथै अन्य दुई कम्पनीलाई दुई लाख ५५ हजार जरिबाना तिराइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  १० : १२ बजे