१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बैरियामा नयाँ पसलको शुभारम्भ



मायादेवी अनलाइन, वाणगंगा ।

कोरोना महामारीको स्थिती सामान्य बन्दै गएपछि बजारमा चहल पहल शुरु हुन थालेको छ । ६ महिना लामो कोरोना कहरका बीच गुज्रिरहेका व्यापारिक क्षेत्र अव विस्तारै संचालनमा आउने अपेक्षा गरिएको छ ।

चैत्र ११ देखि जेठ मसान्त सम्मको लकडाउन र त्यसपछिका कोरोना त्रासका कारण जिल्लाले गरेको निषेद्याज्ञाले व्यापारिक क्षेत्र र आर्थिक गतिविधी पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले असोज १ गतेदेखि खुकुलो बनाएपछि बजार क्षेत्रमा चहलपहल बढेको छ भने नयाँ व्यवसाय पनि शुरु भएका छन् ।

यसैबीच कपिलवस्तुको वाणगंगा नगरपालिका १ बैरियामा आजदेखि नयाँ व्यवसायको शुभारम्भ भएको छ । लुम्बिनी स्टिल, आल्मुनियम एण्ड कन्सट्रक्सन प्रा.लि.को नामबाट बैरिया हाटबजारको नजिकै नयाँ व्यवसाय संचालनमा आएको हो । एक कार्यक्रमका बीच कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले पसलको उद्घाटन गर्नुभएको छ ।

उहाँले कोरोना कहरले उद्योग व्यवसाय चरम मर्कामा परेको बताउदै कोरोनाको स्थिती घट्दै गएपछि आर्थिक क्षेत्रले गति लिने बताउनुभयो । उद्घाटन कार्यक्रममा समाजसेवी डोलकराम घिमिरे, शक्ति सिंह ठकुरी, विरेन्द्र श्रेष्ठ, दुर्गा केसी लगाएतको उपस्थिती रहेको थियो ।

स्थानीय राहुल पाण्डे र सुनिल रानाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक उपार्जन गर्ने उद्देश्यले व्यवसायमा हात हालेको मायादेवी अनलाइनलाई बताएका छन् । यस्तैगरी विश्वकर्माको शुभदिन पारेर वैरिया लगाएत विभिन्न क्षेत्रमा नयाँ नयाँ पसलहरु शुभारम्भ भएको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  ५ : १३ बजे