गुल्मी ।
परराष्ट्रमन्त्री ज्ञवालीले दुई संकटलाई सामान गरेर जीन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकट दुबै क्षेत्रलाई सन्तुलन राखेर जीन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताउनुभएको हो ।
तर, यसो भनिरहदा उहाँले व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर स्वास्थ्य जेसुकै होस भनेर अगाडी बढ्ने अबस्थामा भने नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
स्वास्थ्य संकट एकदमै बढ्यो, अर्थतन्त्र जेसुकै होस भन्ने अबस्थामा पनि नरहेको मन्त्री ज्ञवालीको तर्क थियो । यस्तो दुई कठिन संकटबाट सन्तुलनका साथ अगाडी बढ्नु पर्ने बेला आएको उहाँले बताउनुभयो ।
कोरोना महामारीको संक्रमणको दर दिनप्रतिदिन वढ्दै गएकाले अर्थतन्त्रमा संकट बढ्दै गएको मन्त्री ज्ञवालीले बताउनुभयो । लाखौंको रोजगारी गुमेको, दैनिक ज्याल मजदुरी गर्नेहरु संकटमा परेको, बैंकबाट ऋण लिएर पेसा व्यवसाय गर्नेहरुलाई ठूलो संकट परेको बताउनुभयो । पेसा व्यवसाय नभएपछि राजश्व पनि नउठने भएकाले मुलुकको अर्थतन्त्रमा चाप पर्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।
यी संकटलाई समाधान गरेर अगाडी पर्नेबेला आएकाले आजबाट अर्थतन्त्रलाई खुल्ला गरिएको उहाँले जनाउनुभयो ।
प्रतिक्रिया