१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

रुपन्देहीको एक क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा युवकको शव फेला



तिलोत्तमा ।

रूपन्देहीको देवदह नगरपालिका–३ सेमरानास्थित आदिवासी जनजाति भवनको क्वारेन्टाइनमा बसेका एक युवकको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको छ । देवदह–४ का ती युवक भदौ १७ गते भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनले बिहीबार बिहान साढे २ बजेतिर क्वारेन्टाइनको छतमा जाने सिँढीमा रहेको बिममा झुन्डिएर आत्महत्या गरेको नगरपालिकाको सीआईसीडी संयोजक मेघनाथ न्यौपानेले बताए । ती युवककी आमा बिरामी रहेको र आर्थिक स्थिति कमजोर भएकाले मानसिक तनाब भई आत्महत्या गरेको हुन सक्ने न्यौपानेको भनाइ छ ।

उनका अनुसार ती युवकले बुधबार राति छतमा जाने, पानीमा रुझ्ने, तल झर्न नमान्नेजस्ता क्रियाकलाप देखाएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले युवकको मृत्यु के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  २ : ११ बजे