बाबुराम रायमाझी, जितपुर ।
बिज्ञान दिवसको अवसरमा वाणगंगाको कपिलधाममा बृक्षारोपण गरिएको छ । वाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बृक्षारोपण गरिएको हो ।
स्वस्थ र गुणस्तरीय जीवनका लागि बिज्ञान भन्ने मुल नाराका साथ ८ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा वाणगंगा नगरपालिका अन्तरगतका बिज्ञान शिक्षकहरुको संलग्नतामा धार्मिक, पर्यटकिय तथा ऐतिहासिकस्थल कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा विभिन्न प्रजातिका कपुर, जकरानडा, गोलमोड, क्यासिया, रुद्राक्ष जातका बिरुवाहरु बृक्षारोपण गरिएको छ ।
कार्यक्रमको उद्देश्य माथि नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले प्रकाश पार्दै बिज्ञान दिवसको निरन्तरता र बिज्ञानको महत्व बारेमा जानकारी दिनु हो । साथै आज असोज १ गते खोजतलास, आबिस्कार भएको दिनको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा जनता माबिका बिज्ञान शिक्षक लक्ष्मी घिमिरेले विज्ञानको महत्वको बारेमा कविताको माध्यमद्वारा बताउनु भएको थियो ।
त्यस्तै जनज्योति माबिका प्रधानध्यापक बिष्णु भण्डारीले बाताबरण स्वच्छ राख्न बृक्षारोपण गर्न आबश्यक रहेको बताएका थिए । कार्यक्रममा नगरका उप प्रमुख चक्र अर्यालले बिज्ञानलाई आप्नै ठाउँमा मौलिक किसिमबाट ग्रहण गर्नुपर्ने बिज्ञानलाई रचनात्मक तथा सिर्जनात्मक किसिमले अगाडि बढाउदै लैजानुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष धु्रव बेल्बासे कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, सब डिभिजन वन कार्यालय पिपराका प्रमुख खिल बहादुर तामाङ स्रोत ब्यक्ति कबिराज भण्डारी लगायतको सहभागीता रहेको कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत खिम बहादुर जि.सि.ले गर्नुभएको थियो ।
प्रतिक्रिया