काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ ।
बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो । प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । केही घाइते भएका छन् । केहीलाई पक्राउ गरेको छ । मोटरसाइकलमा आएकाहरुलाई तितरवितर पारेर साँचो प्रहरीले लिएको छ ।
सो क्षेत्र भएर आउने मोटरसाइकलहरु प्रहरीले रोक्दै केरकार गरेको छ । प्रदर्शनमा नभइ आफ्नो नियमित कामका लागि मोटरसाइकलमा हिँडेकाहरुलाई पनि प्रहरीले रोकेर सोधपुछ गरिरहेको छ । हन्ड्रेड ग्रुपका युवाहरुले बुधबार बेलुका राँके जुलुस निकालेका थिए भने बिहीबार मोटरसाइकल र्याली गरेका हुन् ।
कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको थियो। सरकारले कुलमानलाई दोर्होयाउने संकेत नदेखिएपछि दबाब दिन दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् । मन्त्रिस्तरीय निर्णयले मंगलबार प्राधिकरणकै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया