११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुल्यो



काठमाण्डौ ।

नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहान साढे ४ बजेतिर खसेको पहिरो डोजर लगाएर पन्छाएपछि बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।

यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण गाडी चालक र यात्रुले समस्या भोग्दै आएका छन् । हिजो पनि यो सडकखण्डमा लेदो माटो र ढुङगासहितको पहिरो खसे पनि बन्द भएर झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  १२ : २८ बजे