एजेन्सी ।
इङ्ल्याण्डबिरुद्धको एक दिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ ।
विश्वविजेता इङ्ल्याण्डबिरुद्ध अष्ट्रेलियाले नाटकयि जित हासिल गरेको हो । यसमा ग्लेन म्याक्सवेल र एलेक्स केरीले चम्किए । दुवैले शतकीय इनिङ्स खेल्दा इङ्ल्याण्डको भागमा आइसकेको उपाधि खोसिएको हो । अष्ट्रेलियालाई जित दिलाएका हुन् ।
तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज २–१ ले जितेको हो । इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ३ को लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो ।
म्याक्सवेलले ९० बलमा १ सय ८ रन बनाए भने केरीले १ सय ६ रनको शानदार पाली खेले । ७३ रनमा ५ विकेट गुमाएर दबाबमा आएको अष्ट्रेलियाको इनिङ्स केरी र म्याक्सवेलले उकासेका थिए ।
दुवै मिलेर छैटौ विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए ।इङ्ल्याण्डका क्रिस वाक्स र जोए रुटले समान २–२ विकेट लिएका थिए ।
यसअघि, घरेलु टिम इंग्ल्यान्डले अष्ट्रेलियालाई जितका ३ सय ३ रनको लक्ष्य दिएको थियो । ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ्स खेले । यस्तै साम बिलिङ्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस वोक्सले अविजित ५३ रन बनाए ।
कप्तान इयान मोर्गनले २३ रन जोड्दा टम करनले १९ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पा र मिचेल स्टार्कले ३र३ विकेट लिए ।
पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । भने दोस्रो खेल इंग्ल्यान्डले २४ रनले जितेको थियो । म्याक्सवेल म्यान अफ दी म्याचुसंगै प्लेयर अफ द सिरिज घोषित भए । यसअघि भएको टी(ट्वान्टी सिरिज भने घरेलु टोली इङ्ल्याण्डले जितेको थियो ।
प्रतिक्रिया