१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लामो दुरीका बसहरु आजबाट चले



काठमाण्डौ ।

झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न सुरु गरेका छन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चलेका हुन् । लामो समय बसहरु नचल्दा खिया लागेका थिए ।

आज विश्वकर्मा पूजा गरी कतिपय गाडी यात्रा तय गरिसकेका छन् भने कतिपयले विश्वकर्मा पुजा गरी आजैबाट चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।

सवारी चलेपछि यात्रुहरु झन् सतर्क बन्नु पर्ने स्थिति आएको छ । यात्रुहरु आफै सचेत बनी यात्रा नगर्ने हो भने कोरोना संक्रमण झन् बढ्न सक्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  ७ : ५३ बजे