एजेन्सी ।
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको गत सोमबार निधन भएको छ।
अमेरिकी अखबार सिएनएनका अनुसार उनी ९४ वर्षका थिए। बिल गेट्स सिनियर भनेर चिनिने उनको खास नाम विलियम हेनरी गेट्स द्वितीय हो।
उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। बयानमा भनिएअनुसार बिल गेट्स सिनियर अल्जाइमर्स रोगबाट ग्रसित थिए र लामो समयदेखि अस्वस्थ थिए।
चर्चित वकिल तथा सेना समेत रहिसकेका बिल गेट्स सिनियरको सिएटलस्थित आफ्नै घरमा मृत्यु भएको हो।आफ्ना बुवाको मृत्युबारे जानकारी दिँदै बिल गेट्सले भनेका छन्,मेरा बुवा असली बिल गेट्स हुनुहुन्थ्यो। म सधैं उहाँजस्तै बन्न चाहन्थेँ। मलाई हरेक दिन उहाँको याद आउनेछ।
बुवाको निधनबारे लेखिएको पत्रमा बिल गेट्सले बुवाको स्वास्थ्य बिग्रिँदै गएको तर उनको शान्तसँग निधन भएको बताएका छन्।
यस्ता अद्भूत व्यक्तिसँग हामीले धेरै समय बिताउन पायौं। हामी भाग्यशाली छौं, उनले भनेका छन्।
बिल गेट्सले लेखेअनुसार बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन आज जुन स्थानमा छ त्यो उनका बुवाकै कारण हो। बिल गेट्स सिनियरले फाउन्डेसनमा सहअध्यक्षका रूपमा कार्यभार सम्हालेका थिए।
प्रतिक्रिया