११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रुपन्देहीमा संकटापन्न वन्यजन्तु सालकसहित ५ जना पक्राउ



तिलोत्तमा ।

रुपन्देहीमा संकटापन्न वन्यजन्तु सालकसहित ५ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो साढे ३ बजे विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालीका–५ नेपालगन्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा सिराहा जिल्लाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही जिल्लाको हरिओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जनाए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७ बुधबार ००:००  २ : ०९ बजे