चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
मानिसको शल्यक्रिया (अप्रेसन) एकपटक हुन्छ । दुईपटक हुन्छ । तीन पटक हुन्छ । चार पाँच पटकसम्म हुन्छ, जीवनकालमा । तर एकै ब्यक्तिको अप्रेसन ५ सय देखि १ हजार पटकसम्म गर्नु पर्ने रहेछ भन्ने कुरा पढ्दा, सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्दछ । माइनर होओस् या मेजर जुनसुकै अपे्रसन गर्दाको पीडा त्यो ब्यक्तिलाई मात्र महशुस छ, जसले अस्पतालको अपे्रसन थियटरमा एउटा मृत्यु खेपेर नयाँ जीवन पाएको हुन्छ ।
पटकपटक मात्र नभएर सयौँ पटक अप्रेसन गर्दा मानिसको हालत के हुन्छ होला यहाँले सहजै अनुमान गर्न सक्नु हुन्छ । सुन्दा पढ्दा यो अनौठो र अचम्म लागे पनि कपिलवस्तुकी एक बालिका यस्तै अनौठो रोगका कारण जीवन मरणको दोसाँधमा विस्तारामा छट्पटाईरहेकी छिन् ।
बाणगंगा नगरपालिका वडा नम्बर–४ ठाकुरापुरमा स्थायी बसोबास गर्ने ७ बर्षकी बालिका सोना पौडेललाई घाँटी सम्बन्धि यो अनौठो खालको रोगले अहिले मर्नु न बाँच्नु बनाएको छ । आर्थिक अवस्था निकै कमजोर भएको परिवारमा यति ठुलो रोग लागेपछि अहिले काठमाडौंको शिक्षण अस्पतालमा सोनाको उपचार जारी छ ।
यो रोगको उपचार पद्धती पनि अनौठो छ । श्वास नलीमा मासु पलाएपछि त्यसलाई नियमित रुपमा खुर्केर बल्ल पछि मेजर अप्रेसन गर्नु पर्ने रहेछ । १७ बर्षसम्म नानीको घाँटीमा ५ सय देखि १ हजारपटकसम्म अपे्रसन गर्नु पर्ने र एक पटकको अप्रेसन खर्च ८० हजारदेखि १ लाखसम्म लाग्दो रहेछ । यो करोडौँ लाग्ने उपचार अब नानीको परिवारले कसरी गर्न सक्ला ?
इश्वर छन् भने कहाँ हुने रहेछन् । यो परिवारको विच्चली देख्दा दुखिको दैलेमा इश्वर हुने रहेनछ भन्ने कुरा हामीलाई बल्ल विश्वास भयो । साँच्चै यो परिवार इश्वरबाट पनि उत्तिकै ठगिएको परिवार लाग्यो ।
यसै रोगको कारण कक्षा १ मा पढ्ने ७ बर्षकी सोनाको अहिले बोली रोकिएको छ, अर्थात् उनी बोल्न नसक्ने भएकी छन् । घाँटीको श्वास नलीमा मासु पलाएपछि त्यसैको कारण उनी बोल्न सक्दिनन् ।
विगत ४ बर्षदेखि सोना उपचाररत थिइन् । परिवारले पनि घर भएभरको सम्पति सबै सकेर कपिलवस्तु, रुपन्देही, भैरहवा, काठमाडौंका बिभिन्न महंगा अस्पतालमा र सोनाको उपचार गरायो तर सन्चो हुन्छ, भन्ने बेलामा सोनाको बोली रोकिएपछि परिवार चिन्तित मात्र भएको छैन् भोलि नानीको बोली फिर्ता हुन्छ कि हुँदैन ? उनको भविष्य के होला ? सन्चो हुने हुन् कि हुँदिनन् भनेर आमा, बुबा, हजुरबुबा, हजुर आमा र आफन्तमा तनाव नै सिर्जना भएको छ । छोरीकोे पिरले आमा दिनहुँ आँसुमा डुवेर बसिरहनु परेको छ अहिले ।
डाक्टरले नानी १७ । १८ बर्ष हुँदासम्म निरन्तर अप्रेसन गर्नु पर्ने र बल्ल बोली फिर्ता हुने झिनो आशा राख्न बताएको छ, त्यो कुरा पनि परिवारले मानेकै थियो तर जब डाक्टरले नानीको अप्रेसन त्यतिबेलासम्म ५ सय देखि एक हजार पटकसम्म गर्नु पर्दछ भन्यो त्यसपछि आमा र हजुरबुबाको होस् हवास उडेको छ । बोली रोकिएपछि सोनाको श्वास बढेको छ । छाती फुल्छ, घ्यारघ्यार मात्र गरिरहन्छिन् ।
नातिनीको यो हत्ये देखेर हजुरबुबालाई घरमै बस्न नपाए हुन्थ्यो, यो हत्ये देख्न नपाए हुन्थ्यो । लाग्दछ ।
हामी सोनाको घर पुग्दा साथीसंगीसंगै खेलीरहेकी थिइन् । आफ्ना संगीसंग बोल्न त खोज्छिन् तर के गर्नु आवाज नै आउँदैन । नानी पढ्न खोज्छिन् तर के गर्नु पढ्न आउँदैन । यो विचल्ली देखेपछि आमी पनि रोएरै फर्कियौँ । नानी चित्र कोर्न अनि असाध्यै रुची राख्ने रहिछिन् ।
आमा पनि यो महाविपत्ति लागेपछि गरिबहरुको घरमा इश्वर नै नभएको भन्दै भावुक हुनुहुन्छ । उहाँलाई नानीको उपचार कसरी गर्ने त्यही पिरले रातदिन निदाउन दिँदैन । अचम्मको कुरा त के छ भने नानीको ७ बर्ष देखि १७ । १८ बर्षसम्म कम्तिमा पनि ५ सय देखि १ हजार पटकसम्म उपचार गर्नु पर्दछ । एक पटक अप्रेसन गरेको ८० हजारदेखि १ लाख हुन आउँछ । यस्तो रोगको उपचार अब कसरी गर्ने ? एकएक रुपैयाँ उठाएर सडकसडक चिच्याउँदै हिँडेर पनि यस रोगको उपचार म्भव छैन ।
यसरी जम्मा गरेको पैसाले केही सहयोग त पुग्ला तर सोनाको उपचार खर्चको लागि पुग्दैन । यसको लागि एक मात्र उपाय छ । सोनाको निशुल्क उपचारको लागि अस्पतालमा व्यवस्था मिलाइ दिने ।
हाम्रो देशमा नेता, मन्त्री र ठुलाठुला मन्त्रीले त्यही टिचिङ अस्पतालमा, देश विदेशमा करोडौँ लाग्ने रोगको निशुल्क उपचार गरेका छन्, के देशका निम्न नागरिकलाई यो सुविधा दिन पाउने हक छैन ? सबैलाई सकिन्न भने पनि विचरा यी दुखी सोनाको उपचार राज्यले निशुल्क गर्न सक्दैन ? आफूले जिताएका नेता, मन्त्री र ठुला मान्छेसंग यी दुखी परिवारको यत्ति मात्र झिनो आशा छ, नानीको निशुल्क उपचारको ।
आमाले भनेजस्तै राज्यले सोनाको उपचार निशुल्क गर्नै पर्दछ, चाहे करोडौँ किन नलागोस् । यदि राज्यले सोनाको उपचार गरिदिन सकेन र नानी तलमाथि भइहालिन् भने त्यसको पुरा जिम्मेवारी राज्यले लिन सक्नु पने छ । अन्यथा गरिबहरु हलो कुटो कोदालो, हँसिया, हथौडा बेल्चा बोकेर सडकमा आउन बाध्य हुने छन् ।
अहिले सोना बचाऔँ अभियानमा स्थानयि मिडिया, क्लव र इष्टमित्र, छरछिमेक जुटेका छन् । त्यसैले अब सबैले एकएक गरी सोनाको उपचारमा जुटौँ । कृपया सबै हेरेर अगाडी देखिएका नम्बरमा सहयोगको लागि आजैबाट अभियान चलाऔँ । मान्छेको लोभिनीपापिनी प्रवृति प्रवृत्ति कहिल्यै नसकिने भएकाले कमाएको केही रकम कृपया सोनाको उपचारमा छुट्याऔँ । तपाई देशविदेश जहाँ हुनहुन्छ मन भयो भने केही पनि असम्भव छैन् ।
यो रिपोर्टपछि अब हेरौँ नानी, आमा, हजुरबुबा र छिमेकीसंग गरिएको बाँकी कुराकानी ।
प्रतिक्रिया