११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आयुर्वेद चिकित्सालयका पूर्वअध्यक्ष मजगैयाको निधन



दाङ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वअध्यक्ष भैरव मजगैयाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार तुलसीपुर उपमहानगरपालिका १८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।

मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ । उनी महेन्द्र बहुमुखी क्याम्पसको पूर्वप्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले बताए ।

क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक संघसंस्थामा पनि सक्रिय मजगैया बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत थिए ।

उनको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुःख व्यक्त गरेका छन् । एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेका बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७७ मंगलबार ००:००  ७ : ३३ बजे