बाँके ।
बाँकेबाट मंगलबार ४२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ ।
दैनिक निको भएर फर्किने क्रम बढेसँगै आइसोलेसनमा बस्ने सक्रमितको संख्या घट्दै गएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआईसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारीलगायत ४२ जना रहेका छन् । जसमा १८ महिला २४ जना पुरुष रहेका छन् ।
फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना समेत गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् ।
बाँकेमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय ६९ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाले मृत्यु भएको छ ।
प्रतिक्रिया