एजेन्सी ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।
फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।
मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।
फोर्ब्सको अनुसार मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।
पेरिस सेन्ट जर्मेन ९पीएसजी० का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।
पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।
लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् ।
यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन् ।
त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।
प्रतिक्रिया