११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

हुने भए वामदेव गौतम राष्ट्रिय सभा सदस्य



काठमाडौं ।
सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्यको पदमा नेकपा उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ९ : ४६ बजे