११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाँकेको कुसुमबाट १० किलो अफिमसहित दुई पक्राउ



नेपालगन्ज ।
बाँके प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ घोराहीका २४ वर्षीय वसन्त घर्ती र रुकुमपूर्वका उत्तर गंगाका ५३ वर्षीय धनबहादुर सेनलाई अफिमसहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको खटिएको टोलीले लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न घर्ती र सेनलाई बाँकेको कुसुमबाट पक्राउ गरेको हो ।

उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । पक्राउ परेका अभियुक्तहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम कानुनी कारबाही हुनेछ ।

अभियोग पुष्टि भएमा १५ वर्ष जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरी उपरीक्षक रानाले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ७ : ०२ बजे