११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोभिड–१९ को असरबारे मानव अधिकार समुह बाणगंगाले गर्‍यो वार्षिक कार्य योजना निमार्ण



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगामा कोरोना भाइरसले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा पारेको प्रभावबारे सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ ।

मानव अधिकार समुह वाणगंगाको आयोजनामा भएको कार्यक्रममा कोभिड–१९ को प्रत्यक्ष प्रभावमा रहेका वर्ग तथा समुदायको पहिचान गरी आगामी दिनमा सरोकारवालासंग अन्तरकृया गर्ने देखि खाद्यान्नको समस्यामा परेका दैनिक ज्यालादारी तथा गरिव र विपन्न परिवारलाई सरकारले रोजगारी तथा राहत वितरण गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

अन्तरक्रिया कार्यक्रमबाट उठेका प्रश्नको टिपोट गरी कोभिड–१९ को असरकोबारे कार्ययोजना पारित गरिएको मानव अधिकार समुह वाणगंगाका अध्यक्ष रोमकान्त घिमिरेले जानकारी दिनुभयो ।
साथै खाद्यबस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्दै कृषकहरुलाई रासायनिक मल विउ समयमा उपलब्ध गराउन पहल गर्ने कार्ययोजनामा ल्याइएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

अहिले दीर्गरोगी तथा जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलालाई उपचार चेकजाचको सहज बातावरण निमार्ण नभएको र महिला मैत्री आइसोलेसनका लागि सम्वन्धित निकायलाई ध्यानाआर्कषण गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

कोभिड १९ का कारण हुने दुब्र्यवहार र भेदभाव विरुद्ध सचेतना कार्यक्रमहरु सचालन गर्ने लगायतका कार्य योजना निमार्ण गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सहजकर्ता नन्दराम पौडेलले मानव अधिकार समुह वाणगंगाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न आग्रह गर्नुभयो । इन्सेकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम गरिरहेको भन्दै यसमा सबै संघ संस्थासंग मिलेर काम गर्ने उहाँले बताउनुभयो ।

मानवअधिकार समुह वाणगंगाका सचिव चेतना अधिकारीको संचालनमा भएकोमा भएको कार्यक्रममा इन्सेक प्रतिनिधि पार्वती आचार्यले पनि कोभिड १९ ले पारेको प्रभावको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७ सोमबार ००:००  ४ : ५५ बजे