१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लुम्बिनी प्रदेशिक अस्पतालमा घटायो कोरोना परीक्षणको शुल्क



बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २५ सय रुपयाँमा कोरोना परीक्षण हुने भएको छ । यस क्षेत्रको पुरानो र ठुलो अस्पताल मानिने लुम्बिनी प्रदेशिक अस्पतालको आज बसेको विकास समितिको बैठकले भोलिदेखि शुल्क घटनाउने निर्णय गरेको हो ।

बैठकले शुल्क घटाउने निर्णय गरेको अस्पतालका मेसु डा.राजेन्द्र खनालले बताउनुभयो । यस्तै अस्पतालमा पिसिआर परीक्षण पनि दोब्वर बनाई दैनिक ४ सयदेखि ५ सयको परीक्षण गर्ने तयारी गरिएको उहाले बताउनुभयो ।

यसअघि सोही अस्पतालमा पहिलोपटक परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने गरेको थियो भने पछिल्लो समयको शुल्क ४४ सय रहेको थियो । अब सोमबारदेखि २५ सयमा परीक्षण गर्ने नियम लागू हुनेगरी निर्णय भएको छ । त्यस्तै २४ घण्टामा रिपोर्ट दिने गरी कर्मचारी र मेसिनको व्यवस्थापन गरिएको समेत उनले बताउनुभयो ।

कुनै कारण कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकले सिफारीस गरेका बिरामी र कोरोना पुष्टी भएका बिरामीको सम्पर्कमा रहेका व्यतिmहरुलाई भने निःशुल्क रुपमा परीक्षण गरिँदै आएको छ । तर व्यक्तिगत रुपमै परीक्षण गराउन चाहनेहरुका लागि शुल्क लिने नीति रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७ आइतबार ००:००  ६ : १० बजे