बाँके ।
बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २०, नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि सिकिस्त भएका थिए ।
उनलाई उपचारका लागि नर्सिंङ होम नेपालगन्जमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पाँचै जनालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया