एजेन्सी ।
च्याम्पियन लिभरपुलले संघर्षपूर्ण जितसहित इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा जित
लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा शनिबार राति लिभरपुलले बढुवा भएर आएको लीड्स युनाइटेडलाई ४–३ ले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सालहले ह्याट्रिक गरे भने भर्जिल भान डीजेकले एक गोल गरे । लीड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र मातेउस्ज क्लिचले एक–एक गोल गरे ।
लिभरपुलका सालहले चौथो र ८८ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् ।
उनले ३८ औँ मिनेटमा पनि गोल गरे । सालह सन् १९८८–८९ को सिजन यता प्रिमियर लिगको सिजनको पहिलो खेलमै ह्याट्रिक गर्ने लिभरपुलको पहिलो खेलाडी हुन् ।
डीजेकले २० औँ मिनेटमा गोल गरेका हुन् । लीड्सका लागि १२ औँ मिनेटमा ह्यारिसन, ३० औँ मिनेटमा बामफोर्ड र क्लिचले ६६ औँ मिनेटमा गोल गरेका हुन् ।
१६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लीड्सले च्याम्पियन लिभरपुललाई कडा टक्कर दिए पनि जित निकालन सकेन ।
प्रतिक्रिया