१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कोरोना संक्रमितको हौसला बढाउँदै कपिलवस्तु प्रहरी प्रमुख अधिकारी



मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले कोरोना संक्रमितहरुसंग भेट गरी हौसला बढाउने काम गर्नु भएको छ ।

समुदायस्तरमा कोरोना संक्रमित बढिरहेको अवस्थामा जिल्लाका बिभिन्न पालिकाहरुमा आईसोलेसन तथा होम आईसोलेनमा रहेका कोरोना संत्र सक्रंमित व्यक्तिहरूलाई भेटेर हौसला तथा आत्मविश्वास प्रदान गर्नु भएको हो ।

भदौ २२ गते संक्रमणका कारण मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको परिवारका संक्रमण भएका सदस्यलाई भेटि स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट प्रदान गरेको थियो ।

संक्रमितलाई भेटी (एसपी) अधिकारीले त्रासमा रहेर भन्दा उच्च आत्म विश्वासमा रहन सके कोरोनालाई सजिलै परास्त गर्न सकिने भन्दै स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै उहाँले अवलोकन गरेका आइसोलेसनहरुमा फलफूल र स्वास्थ्य किट पनि वितरण गर्नु भएको बताईको छ ।

उपचाररत विरामीलाई मुस्कुराएर कोरोना जितेर घर फर्कनेमा आफू विश्वस्त समेत रहेको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  दिर्घ नारायण पौडेल, शसस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्याय  शशष्त्र प्रहरी प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

जिल्लामा ६० भन्दा बढी प्रहरी कोरोना संक्रमित भए पनि कोरोना नियन्त्रणमा प्रहरीको भूमिका कम नहुने भन्दै स्वास्थ्य सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नु भएको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या अहिलेसम्म १२ सय ३० पुगेको छ भने यसको संक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  ६ : ५० बजे