१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

रोल्पा अपडेटः मृतकका परिवारलाई २५ हजारका दरले राहत



बिष्णु कुमार आले, अर्घाखाँची ।

रोल्पामा गएराति पर्खाल भत्किएर गोठ पुरिँदा मृत्यु भएका एकै घरका दुई दाजुभाइको परिवारलाई गाउँपालीकाले २५-२५ हजार काजकिरिया खर्च दिने भएको छ । घटनाको जानकारी पाउने बित्तिकै घटनास्थल पुगेका लुङग्री गाउँपालीकाका अध्यक्ष दुर्गा बहादुर खड्काले पिडित परिवारको दयनिय अवस्थालाई हेरेर तत्काल मृतकका परिवारलाई २५ हजारका दरले काजकिरिया खर्च दिईने निर्णय भएको बताए ।

पूर्वी रोल्पाको लुङग्री गाउँपालिका १ पाङ ऐपे गाउँमा पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको हो। गोठमा सुतिरहेका ज्ञानसिंह घर्ती मगरका दुई छोराको गोठमाथीको पर्खाल भत्किएर गोठ पुरिदा उनिहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा ११ वर्षका युवराज घर्ती र ८ वर्षका अमर घर्ती मगर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए। गोठमै सगै सुतेका मृतकका ३० बर्षिय आमा ननकली घर्ति र ५० बर्षिय हजुर आमा विनमा घर्तिमगरको अवस्था सामान्य रहेको प्रनाउ सुवेदीले बताए ।

स्थानीयका अनुसार वर्षाका कारण पर्खाल भत्किएको हो । उनीहरु खाना खाएर घर नजिकैको गोठमा सुत्न गएका थिए। मध्यरातमा गोठ पुरिएर दुई छोरा पुरिएपछि आमाले गुहार मागेकी थिइन्। गाउँलेले घटनास्थल पुगेर उद्दार गरेका थिए। गोठमा रहेका गाई भैंसीको दाम्लो खोलेर बाहिर निकालिएको थियो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी चौकी सुलिचौर र किलाचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी घटनास्थल पुगेर मुचुल्का बनाई मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा ल्याउदै गरिएको प्रहरीले जनाएको छ। घाईते दुई जनालाई उपचारका लागी पनि जिल्ला अस्पताल रोल्पा ल्याईदै छ । मृतक बालकका बुबा मजदुरीका लागि भारतमा छन्।

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  २ : २५ बजे