१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु



बुटवल ।

शुक्रबार राति बुटवलको कोरोना आइसोलेसन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४० वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १६ गते आइसोलेसनमा भर्ना भएका थिए। मधुमेहका समेत बिरामी रहेका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि २४ गतेदेखि आइसोलेसनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

यसअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो। रुपन्देहीको देवदह नगरपालिका वडा नं। ६ का ६० वर्षीय पुरूषको शुक्रबार साँझ साढे पाँच बजेतिर मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले ज्वरो खोकी र श्वासप्रश्वासको समस्या लिएर शुक्रबार नै अस्पताल आएका उनको साँझ नै मृत्यु भएको जानकारी दिए।

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  २ : १६ बजे