१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

६१ वर्षमा नागरिकता पाउदा पाल्पाकी टिकासरी हर्षित



पाल्पा ।

माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकी टिकीसरा कामीले शुक्रबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्।

तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भई २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छोडिघाट बस्ने ओमबहादुर कामीसंग बिवाह गरेर आएकी उनी २०१६ साल असार २२ गते जन्मेकी थिइन् । टिकीसराको न त जन्मदर्ता नै थियो न त विवाह दर्ता नै ।

आफ्नो घरमा दाउरा पात खोजेर बजारमा बेच्न ल्याउने र त्यसको पैसाले घर गुजारा गर्दै आएकी उनलाई सामाजिक सुरक्षा भत्ता पाइने कुरा कसैले सुनाइ दिए पछि बल्ल नागरिकताको आवश्यकता बुझिन् उनले ।

उनका श्रीमानले पाएको अपाङ्ग भत्ताले चामल किनेर गुजारा गर्दै आएकी उनले जनप्रतिनिधिको सहायताले नागरिकता पाएकी छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  १२ : ५७ बजे